बालेन बाहिरिएपछि संसद्मा हङ्गामा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह 'बालेन' सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर संसद् बैठकबाट बाहिरिएका छन्। तर प्रधानमन्त्री बाहिरिए लगत्तै प्रतिनिधि सभामा पुनः हङ्गामा शुरू भएको छ।
प्रधानमन्त्री साह रोष्टमबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद ऐन महरले आफ्नो स्थानबाट उठेर कडा आपत्ति जनाएका छन्। त्यसलगत्तै अन्य विपक्षी दलका सांसदहरू समेत आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विपक्षी सांसदहरूको चौतर्फी विरोध र नाराबाजीसँगै प्रतिनिधि सभाको बैठक अवरुद्ध हुन पुगेको छ। यसअघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यविधि र प्रक्रियालाई लिएर विपक्षीले नियमापत्ति जनाएका थिए।
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
प्रतिक्रिया