‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौँ, ३ कात्तिकः अभिनेता तथा निर्देशक बिराज भट्ट निर्देशित सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको छ।
गत वर्ष बडादसैंमा रिलिज भई २२ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यो चलचित्रलाई लक्ष्मीपूजाको अवसरमा डिजिटल रूपमा सार्वजनिक गरिएको हो।
दर्शकले चलचित्रलाई रु. २९९ मा विश्वभरबाट ‘सिनेमाघर एप’ मार्फत हेर्न सक्नेछन्। यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका उपकरणमा उपलब्ध छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि सहजै हेर्न सकिने सुविधा छ।
चलचित्रमा बिराज भट्टसँगै समीर, न्यान्सी खड्का, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला लगायतका कलाकारको अभिनय रहेको छ। कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन्।
‘१२ गाउँ’ को डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई ओटीटी माध्यमतर्फ उन्मुख गराउने सकारात्मक कदमका रूपमा हेरिएको छ। ‘सिनेमाघर’मा यसअघि पनि ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
प्रतिक्रिया