सेनाका जवानको कुटाइबाट बेलौरी नगरपालिका–९ का १२ वर्षीय बालक घाइते
कञ्चनपुर- नेपाली सेनाका जवानको कुटाइबाट बेलौरी नगरपालिका–९ का १२ वर्षीय बालक घाइते भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाकाे कुटाइबाट बालक घाइते भएका हुन् ।
ती बालकलाई नेपाली सेनाका जवानले बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले ती १२ वर्षीय बालक र स्थानीयलाई केही दिनअघि वनबाट नियन्त्रणमा लिएको थियो ।
कुटपिटबाट ती बालकको मुटु र कलेजमा चोट लागेको देखिएको अवस्था गम्भीर रहेको पीडित बालकका अभिभावक गणेशदत्त अवस्थीको दाबी छ ।
बालकले सेनाले नियन्त्रणमा लिई बुटले छातीमा हानेको र त्यसपछि गाडीमा राखेर लाठीले प्रहार गरेको अवस्थीले बताए। उनका अनुसार खाना खान र सुत्न समेत नसक्ने अवस्थाका पुगेको छ।
स्थानीय अन्य व्यक्तिसँगै सिकारका लागि वन गएका ती बालकलाई पक्राउ गरी सेनाले बुटले प्रहार गरेको उनको परिवारको दाबी छ ।
बालक घाइते भएपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ ।
यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडयालले कुटपिटबारे अनुसन्धान गरिने बताए ।
निकुञ्ज र सेनाको टोलीले गत मंगलबार राति सामुदायिक वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा ती बालकसहित करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, कालु राम चौधरी र देव सिंह चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
निकुञ्जको बेलडाँडी कालिकिच र चानदेवबाट खटिएको ४० सैनिकको टोलीले उनीहरुलाई घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
प्रतिक्रिया