बागमती प्रदेशको मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै
काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि ८ चैत बुधबार अपरान्ह ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको थियो तर नेपाली कांग्रेसको संसदीय दलको बैठक काठमाडौंमा बसेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । हाल प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
यता प्रदेश सरकारमा रहेको एमालेले विश्वासको मत दिने कि नदिने या प्रदेश सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । विकसित राजनीतिक घटनाक्रमसँगै एमालेले प्रदेश सरकार तयारी गरेको बुझिएको छ । आजै बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा घोषणा गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
एमालेको समर्थनमा २५ पुसमा बागमतीको चौथो मुख्यमन्त्री बनेका जम्मकट्टेलले दोस्रो पटक प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिनु परेको हो ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ प्रदेश सदस्य गरी ७० जना प्रदेश सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिँदा ११० प्रदेश सदस्यीय रहेको प्रदेश सभामा १०५ मतसहित विश्वासको मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका ३ प्रदेश सदस्यले भने उनको विपक्षमा मत दिएका थिए । ११० प्रदेश सभा सदस्सीय रहेको प्रदेश सभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ ।
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया