सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा
काठमाडौँ। राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।
यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई संशोधन गरी फागुन ३० गते नै सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले होरी ९होली०को अन्तिम दिन खखडेहरा पर्व मनाउँछन् । राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्व हो । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो ।
त्यसअघि २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा पहिलोपटक खखडेहरा महोत्सव आयोजना गरिएको थियो ।
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
प्रतिक्रिया