हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले साताभरि कामपछि हुने बिदाका दिन आफू जिस्किने गरेको बताएका छन्। 

सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि अर्को स्टाटस लेखेका हुन्। 

दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन..दु:ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’

सम्भवत: प्रधानमन्त्री शाहले फेसबुकमा गरिने पोस्टलाई मानिसले हल्का रूपमा लिन सक्छन् भनेर उक्त स्पष्टीकरण दिएका हुन्।