अमेरिका–इरानबीच १४ बुँदे सम्झौता : होर्मुज खुल्यो, अमेरिकी नौसैनिक फिर्ताको तयारी

 इरानको अर्धसरकारी समाचार एजेन्सी मेहर न्युजले अमेरिका र इरानबीच १४ बुँदे समझदारी (एमओयू) भएको दाबी गरेको छ ।

यद्यपि, सम्झौताका बुँदाबारे दुवै देशले आधिकारिक पुष्टि गरेका छैनन् ।

प्रस्तावित सम्झौतामा लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता, ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा इरानी क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता गर्ने विषय समावेश रहेको बताइएको छ ।

यस्तै, स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने, इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब डलरको योजना ल्याउने, इरानी तेल तथा ऊर्जा क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउने र इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता दोहोर्‍याउने उल्लेख छ ।

सम्झौतामा अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति नबढाउने, नयाँ प्रतिबन्ध नलगाउने तथा इरानको रोक्का गरिएको सम्पत्तिको आधा हिस्सा फुकुवा गर्ने विषय पनि समेटिएको बीबीसीले जनाएको छ ।