अमेरिका–इरानबीच भएको प्रारम्भिक शान्ति सम्झौतामा के छ ?
काठमाडौं । अमेरिका र इरानबीच १०० दिनभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आइतबार प्रारम्भिक ‘शान्ति सम्झौता’ भएको छ । सम्झौताको औपचारिक हस्ताक्षर समारोह शुक्रबार स्विट्जरल्यान्डमा आयोजना हुने बताइएको छ ।
सम्झौतामा लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा शत्रुतापूर्ण गतिविधि रोक्ने, ३० दिनभित्र नौसैनिक नाकाबन्दी हटाउने, इरानको आसपासबाट अमेरिकी सैन्य उपस्थितिलाई फिर्ता गर्ने तथा होर्मुज जलमार्ग पुनः खोल्ने विषय रहेका छन् ।
मस्यौदामा कच्चा तेल बिक्रीमाथिका प्रतिबन्धहरू हटाउने, सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक मुद्दामा अन्तिम सहमति खोज्ने तथा वार्ताको अवधिमा रोक्का गरिएको २४ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने उल्लेख छ ।
इरानको रोक्का गरिएको आधा सम्पत्ति फुकुवा नभएसम्म र होर्मुज जलमार्गसम्बन्धी प्रतिबन्ध हटाइएन भने अन्तिम वार्ता सुरु हुने छैन ।
इरानको मिसाइल कार्यक्रम तथा क्षेत्रीय प्रतिरोधी समूहहरूलाई दिने समर्थन सम्बन्धी विषयलाई भने वार्ताको कार्यसूचीबाट हटाइएको बताइएको छ । यद्यपि, यी विवरणहरूलाई अलजजिराले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
कतारसँगै पाकिस्तान पनि यो युद्धविराम सम्झौताको प्रमुख मध्यस्थकर्ता रहेको छ । सम्झौता घोषणा हुनुअघि अन्तिम चरणका वार्ताहरूमा पनि दुवै देश संलग्न थिए ।
पाकिस्तानी प्रधानमन्त्री सहबाज शरीफले अमेरिका र इरानबीच सम्झौता भएको पुष्टि गर्दै यसै साता प्राविधिक बैठकहरू आयोजना गरिने बताएका छन् ।
उनले अमेरिका र इरानलाई शान्तिपूर्ण समाधानतर्फ प्रतिबद्ध भएकोमा धन्यवाद दिएका छन् । कतारलाई सम्झौतामा पुग्न पुर्याएको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
सम्झौतामा कहिले हस्ताक्षर हुनेछ ?
पाकिस्तानका प्रधानमन्त्री शरीफका अनुसार सम्झौतामा औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा हुनेछ । त्यसअघि प्राविधिक वार्ताहरू हप्ताभर सञ्चालन हुनेछन् ।
गत फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएपछि तेहरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमाथि आक्रमण वा धम्कीमार्फत प्रभावकारी नियन्त्रण कायम गरेको थियो । हाल सार्वजनिक भएका तर स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी विवरणहरूका आधारमा यो सम्झौताले मुख्यतः युद्ध सुरु हुनुअघिको अवस्थालाई पुनःस्थापित गर्ने देखिएको अलजजिराले जनाएको छ ।
यसैबीच, टर्किएस्थित इरानी दूतावासले आफ्नो आधिकारिक एक्स अकाउन्टमा होर्मुज जलमार्गनजिक इरानी झण्डा फहराइएको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, “नयाँ युगको मध्यपूर्वमा स्वागत छ ।”
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
जहजमा समस्या आएपछि बुद्ध एयरको जहाज काठमाण्डु फर्काइयो
अमेरिका–इरानबीच १४ बुँदे सम्झौता : होर्मुज खुल्यो, अमेरिकी नौसैनिक फिर्ताको …
आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँ…
दुई मन्त्रीलाई अँगालो हालेर बालेनले लेखे- देश बनाउने टोली
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
प्रतिक्रिया