सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वभाव र कार्यशैलीबारे धारणा सार्वजनिक : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वभाव र कार्यशैलीबारे धारणा सार्वजनिक गरेका छन् । हप्ताभर काम गरेपछि बिदाको दिनमा आफू केही अनौपचारिक हुने वा जिस्किने गरेको उल्लेख गर्दै उनले यसलाई समस्याको रूपमा नलिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् , ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !’
पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीले आफ्नो पदको गरिमा कायम नगरेको भन्दै उनले लेख्ने विषयहरूमाथि बहस र चर्चा हुने गरेको थियो । सोही चर्चाका बिच प्रधानमन्त्री शाहले आफू जिस्किन छोडेको दिन मात्र चिन्ता गर्नुपर्ने बताएका हुन् ।
उनले आजै दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ लेखेका थिए ।
घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
फिफा विश्वकम खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडे
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
प्रतिक्रिया