घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा छ। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
विश्लेषक अर्जुन प्रसाईको विवादास्पद टिप्पणी, ओलीमाथि बालेन शाहलाई धम्क्याउने शै…
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
एमालेभित्र नेतृत्व विवाद चर्कियो, ८० प्रतिशत नेताको निष्कर्ष– ‘यही नेतृत्वमा पा…
अमेरिका–इरान ‘शान्ति सम्झौता’ घोषणा, होर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दाबी
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
प्रतिक्रिया