एमालेभित्र नेतृत्व विवाद चर्कियो, ८० प्रतिशत नेताको निष्कर्ष– ‘यही नेतृत्वमा पार्टी अघि बढ्न सक्दैन’
काठमाडौंको जडिबुटीमा शनिबार सम्पन्न बागमती प्रदेशस्तरीय चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको भेलाले नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको मागलाई थप बलियो बनाएको छ। भेलामा सहभागी करिब ८० प्रतिशत नेता–कार्यकर्ताले वर्तमान नेतृत्व र संरचनामा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै तत्काल पुनर्संरचना आवश्यक रहेको धारणा राखेका छन्।
भेलामा सहभागी नेताहरूले पार्टी पुनर्गठनलाई विभाजनको दिशामा होइन, सुधार र पुनर्जागरणको प्रक्रियाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। नेता आनन्द पोखरेलले कुनै पनि पुनर्जागरणका नाममा पार्टीलाई कमजोर बनाउने वा फुटतर्फ धकेल्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।
उनले आलोचनालाई शत्रुता ठान्ने प्रवृत्ति त्याग्नुपर्ने भन्दै पार्टीभित्र उठेका असन्तुष्टि र प्रश्नहरूलाई दमन होइन, संवादमार्फत समाधान गर्नुपर्ने बताएका थिए। उनका अनुसार, बहसलाई संस्थागत गर्ने पार्टी मात्र दीर्घकालसम्म बलियो रहन सक्छ।
यता, नेतृत्व परिवर्तनको दबाब र असन्तुष्टिका संकेतहरू बढेपछि अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा केही नेताहरूसँग छलफल गरेका थिए। सो क्रममा उनले पुनर्गठन पक्षधर नेताहरूप्रति कडा टिप्पणी गर्दै संगठनभित्रको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेको बताइएको छ।
उनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै नेतृत्व परिवर्तनको मागलाई लिएर तीव्र प्रतिक्रिया दिएका थिए। ओलीले संगठनात्मक एकता कमजोर बनाउने गतिविधिप्रति सचेत रहनुपर्ने चेतावनीसमेत दिएका छन्।
पार्टीभित्रको आन्तरिक बहस चर्किँदै जाँदा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल भने पुनर्गठनको बहसलाई सकारात्मक रूपमा अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। पौडेलले निर्वाचन समीक्षा र पुनर्संरचना आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन्।
त्यस्तै, महासचिव पोखरेलले जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा नहुने भन्दै जनसम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। यसरी एमालेभित्र पुनर्गठन, नेतृत्व र दिशा सम्बन्धी बहस खुला रूपमा सतहमा आउँदा पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ तरंग देखिएको छ।
पहिलो हाफसम्म स्विडेन २, ट्युनिसिया १
लुम्बिनी प्रदेश सरकारको बजेट आज
ब्राजिलमा बन्जी जम्पिङका गर्दा डोरी बाध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी य…
अमेरिका र इरानबिच भयो युद्ध अन्त्य गर्ने सम्झौता
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
दुई मन्त्रीलाई अँगालो हालेर बालेनले लेखे- देश बनाउने टोली
प्रतिक्रिया