डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा एक दुःखद दुर्घटना भएको छ, जसमा २१ वर्षीया एक युवतीको मृत्यु भएको छ ।
सञ्चारमाध्यमका अनुसार बन्जी जम्पिङ गराउने कर्मचारीहरूले ती युवतीलाई सुरक्षा डोरी नै नबाँधी पुलबाट फाल हाल्न लगाएका थिए, जसका कारण उनी १३० फिटभन्दा बढी गहिरो खोँचमा खसेकी थिइन् । प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।
मृतक युवतीको पहिचान मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको रूपमा भएको छ । उनी एक निजी कम्पनीद्वारा आयोजित बन्जी जम्पिङ गतिविधिमा सहभागी हुन पुगेकी थिइन् । यो दुर्घटना त्यहाँको 'स्केलेटन ब्रिज'मा भएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा कर्मचारीहरूले ती युवतीलाई पुलको किनारमा लगेर तल खसालेको देखिन्छ । उनी खस्न थालेपछि मात्र त्यहाँ उपस्थित मानिसहरूले उनलाई सुरक्षा डोरी नबाँधिएको कुरा थाहा पाउँछन् ।
भिडिओमा धेरै मानिसहरू जोडले 'रोप' 'रोप' भन्दै चिच्याएको सुनिन्छ, तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो र युवती गहिरो खोँचमा खसिसकेकी थिइन् ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि घटनास्थलबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना हुनुभन्दा केही समयअघि मारियाले आफ्नो सामाजिक सञ्जालमा उक्त स्थानका तस्बिरहरू पोस्ट गरेकी थिइन् । एउटा तस्बिरमा पुल र उनको जम्पिङ रिस्टब्यान्ड देखिएको थियो । तस्बिरको क्याप्सनमा उनले ठट्टा गर्दै लेखेकी थिइन्, 'आखिर कुन पागल मानिसले मलाई पुलबाट हाम फाल्न आउन दियो ।'
रिपोर्टका अनुसार दुर्घटनाका समयमा मारियाका हुनेवाला पति पनि त्यहीँ उपस्थित थिए । युवतीको मृत्युको खबर सुनेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र उनको उपचार गरिएको जनाइएको छ ।
बंगलादेशी प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण: भारतभन्दा अगाडि मलेसिया र चीनलाई…
विश्वकपमा जर्मनीको शानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
बाजुरा र हुम्ला सीमा विवाद बढेपछि खटिए सशस्त्र र नेपाल प्रहरी
नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अ…
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको खाका तयार
झापाको टिमाई खोलामा बाढीमा फसेका ७ जनाको सकुशल उद्धार
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
प्रतिक्रिया