विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहद्वारा अपी हिमालको तस्बिर पोस्ट
काठमाडौं । भारतसँगको सीमाबारे विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक-लिम्पियाधुरा रहेको दार्चुला जिल्लास्थित अपी हिमालको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
शनिबार बिहान उनले अपी हिमालको बेस क्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडिओ फेसबुकमा पोस्ट गरेका हुन्। सीमा विषयमा भारतसँग मुख्य विवाद रहेको जिल्ला नै दार्चुला हो।
यद्यपि प्रधानमन्त्री बालेनले क्याप्सनमा ‘अपी हिमाल बेस क्याम्प दार्चुला (Api Himal, Base Camp Darchula)’ मात्र लेखेका छन्। भिडिओको पृष्ठभूमिमा उनकै गीत ‘जय महाकाली’को संगीत छ।
भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ भनेर संसद्‌मै बोलेपछि विपक्षीहरूले विरोध गरिरहेका बेला उनले पश्चिमी सीमा दार्चुलाको दृश्य सामाजिक सञ्जालमा राखेर प्रधानमन्त्री बालेनले आफू नेपाली भूमि रक्षामा प्रतिबद्ध रहेको सन्देश दिन खोजेका हुन सक्छन्।
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
प्रतिक्रिया