सर्लाहीमा कुटपिटबाट घाइते भएका वृद्धको मृत्यु
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–९ मा जग्गा विवादका कारण भएको कुटपिट घटनामा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
जेठ २२ गते राति करिब ८ बजेर ५ मिनेटतिर गोडैता–९ निवासी करिब ७० वर्षीय अहमिद मंसुरमाथि सोही स्थानका श्रीचन महतो, उनका छोरा सुशील महतो र रमजान मंसुरबीच जग्गा सम्बन्धी विवादका क्रममा कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका मंसुरलाई उपचारका लागि मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा जेठ ३० गते बिहान ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रमजान मंसुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फरार रहेका श्रीचन महतो र सुशील महतोको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
प्रतिक्रिया