नवनियुक्त राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
काठमाडौँ, २९ जेठः नेपाल ओलम्पियन एशोसिएशन र नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यहरुलाई आज स्वागत गरेको छ ।
त्रिपुरेश्वरस्थित खेलाडी सङ्घको कार्यालयमा संयुक्त आयोजित कार्यक्रममा ओलम्पियन एशोसिएशन र खेलाडी सङ्घले पदाधिकारीलाई स्वागत गरेको हो । राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई ओलम्पियन एशोसिएशनका अध्यक्ष दीपक विष्ट, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभयो ।
ओलम्पियन एशोसिएशन र खेलाडी सङ्घले आ–आफ्नोतर्फबाट मायाको चिनो प्रदान गर्नुभयो । बोर्ड सदस्यमा नियुक्त मोनालिशा खम्बू भने हाल नेपाल बाहिर हुनुहुन्छ ।
मोबाइलमा एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा व्यक्तिको बैंक खाताबाट रातभरमै साढे…
अराघचीका अनुसार युद्धपछि सुरु यद्यपि २४ अर्ब डलर तुरुन्तै खुल्ने विषयमा अमेरि…
भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
प्रतिक्रिया