मोबाइलमा एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा व्यक्तिको बैंक खाताबाट रातभरमै साढे २५ लाख चोरी
मोबाइलमा एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा व्यक्तिको बैंक खाताबाट रातभरमै साढे २५ लाख चोरी भएको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर एक साइबर ठगीसम्बन्धी मुद्दाबाट यो विषय बाहिरिएको हो साइबर ब्युरोले अनुसन्धान गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा यसको अभियोग पत्र पेस भइसकेको छ । जसअनुसार, पीडित सुजन खनालको कनेक्ट आईपीएस ह्याक गरी प्रतिवादीहरूले कूल २५ लाख ४४ हजार १०० रुपैयाँ अनधिकृत रूपमा विभिन्न बैंक खातामा ट्रान्सफर गरेका छ्न घटनामा संलग्न सप्तरी डाक्नेश्वरी नगरपालिकाका २० वर्षीय आकाशकुमार पासवान र सिरहा लहानका २३ वर्षीय चन्देश्वर महतोलाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।
कसरी भयो ह्याक ?
पीडितको बयान अनुसार २९ जेठ, २०८२ का दिन दिउँसो ४:१५ बजे सुजन खनालको मोबाइल नम्बरमा THE_ALERT नामबाट मेसेज आयो । मेसेजमा Your Connect IPS Linked accounts have been Suspended due to Security Concerns. Please Complete the self-verify process https://rb.gy/o4u15m to regain access लेखिएको थियो ।कनेक्ट आईपीएससँग मिल्दोजुल्दो लिंकसहितको उक्त मेसेजलाई आधिकारिक ठानेर खनालले लिंकमा क्लिक गरे र केही बैंकिङ विवरण भरे । तर पछि शङ्का लागेर उनले विवरण भर्ने प्रक्रिया रद्द गरेका थिए । यति गर्दागर्दै पनि योजनाबद्ध रूपमा बसेका ह्याकरहरूले उनको कनेक्ट आईपीएसको पहुँच लिइसकेका थिए ।पीडित खनाल राति सुतेको र मोबाइल बन्द रहेको अवस्थामा प्रतिवादीहरूले उनको राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको खाताबाट रकम चोरेका थिए । अभियोग पत्रअनुसार ३० जेठमा खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट प्रतिवादी आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकको खातामा सुरुमा परीक्षणका लागि १०० रुपैयाँ र पछि १० लाख ३० हजार रुपैयाँ ट्रान्सफर गरियो ।
सोही दिन खनालको नबिल बैंकको खाताबाट पुनः १ लाख ४४ हजार रुपैयाँ पासवानकै खातामा पठाइयो । यसरी आकाशको खातामा मात्रै ११ लाख ७४ हजार १०० रुपैयाँ जम्मा गएको थियो ।त्यसको भोलिपल्ट बिहान खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट अर्का प्रतिवादी चन्देश्वर महतोको नाममा रहेको लक्ष्मी सनराइज बैंकको खातामा १३ लाख ७० हजार रुपैयाँ ट्रान्सफर गरियो । बिहान उठेर मोबाइल खोल्दा मात्र पीडितले आफ्नो खाताबाट कूल २५ लाख ४४ हजार १०० गायब भएको पत्तो पाए घटनाका बारेमा पीडितका साथीहरू ज्ञान कुमार श्रेष्ठ र अभिषेक कार्कीले समेत प्रहरीमा घटना विवरण कागज गराएका छन् ।
रकम फिर्ता र कानुनी कारबाहीको माग ठगीको कूल रकममध्ये पीडितले विभिन्न व्यक्तिको पहिलो र दोस्रो तहको खाता (फर्स्ट र सेकेन्ड लेयर) मार्फत ८ लाख १० हजार ३९७ रुपैयाँ फिर्ता पाइसके भने बाँकी १७ लाख ३३ हजार ७०३ रुपैयाँ भराइ पाउन अदालत समक्ष मागदाबी गरिएको छ । अनुसन्धानका क्रममा प्रतिवादी आकाशकुमार पासवानको नेपाल एसबीआई बैंक खातामा सारिएको मध्ये ९ लाख २५ हजार २९४ रुपैयाँ भने रोक्का राखिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको ठगी कसुरमा सजाय मागदाबी गर्दै अभियोग पत्र दायर गरेको हो । उक्त कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार जरिबाना हुने कानुन छ ।फरार अभियुक्तहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी छ साभार टिकटक
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
प्रतिक्रिया