भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
असमको जोरहाटस्थित रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलटसहित ५ जना सैनिकको मृत्यु भएको छ भने एक कोपाइलट घाइते भएका छन् ।
वायुसेनाका अनुसार मृत्यु हुनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलम रहेका छन्। घाइते को पाइलटको उपचार भइरहेको छ ।
अवतरणका क्रममा भयो दुर्घटना
यो दुर्घटना विमान एयरबेसमा अवतरण गर्ने प्रयास गरिरहेका बेला भएको हो । अवतरणका क्रममा विमानमा आगो लागेको र यो दुई टुक्रा भएको जनाइएको छ । दुर्घटनामा परेको विमान मालवाहक विमान हो, जसको प्रयोग सैनिक र सैन्य सामग्री ओसारपसारका लागि गर्ने गरिन्छ । दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न नसकेको भास्करले लेखेको छ ।
भारतीय वायुसेनाले उक्त विमान नियमित उडानमा रहेको स्पष्ट पारेको छ । वायुसेनाले दुर्घटनाको विस्तृत छानबिनका लागि 'कोर्ट अफ इन्क्वायरी' को आदेश दिँदै प्रारम्भिक प्रतिवेदन नआएसम्म यस विषयमा कुनै पनि अड्कलबाजी नगर्न अनुरोध गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय वायुसेनाले आफ्ना पुराना मालवाहक विमानहरूलाई नयाँ विमानद्वारा विस्थापित गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । भविष्यमा सैनिक, हतियार र अन्य सैन्य सामग्री ढुवानीका आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न नयाँ 'मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट' खरिद गर्ने योजना बनाइएको छ ।
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
प्रतिक्रिया