एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ
काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले बताए।
उनका अनुसार, काठमाडौँको टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेस्ट हाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एउटा र मेटलको नक एएटा बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया