कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
कैलालीमा सडक छेउमा राखिएको टेम्पोलाई वन कर्मचारीले भिरमा खसालेको घटनाको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा स्थानीय धनादेवी धामीको टेम्पो भिरबाट फालिएको घटनाबारे सोधपुछ गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय धनगढी, पहलमानपुर र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीको संयुक्त टोली घटनास्थलमा खटिएको खुलेको छ। ३ वटै वन कार्यालयका कर्मचारीसँग हाल सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
डोल्पामा जुवा खालबाट ६ जना पक्राउ
प्रतिक्रिया