रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने दुई जनालाई पक्राउ
रुपन्देहीमा नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट गर्न बाँकी अवस्थाका नक्कली नोटसहितका सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीले बिहीबार राति उनीहरूलाई पक्राउ गरे पनि शुक्रबार साँझ मात्रै प्रेस विज्ञप्तिमार्फत घटनाबारे सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटै नम्बर ९ङ २५ ०२४९१२० रहेका ५०० दरका ३० थान तयारी नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी ७ थान नोट, १ थान सिपियु, १ थान प्रिन्टर र १ थान मोनिटर बरामद गरिएको छ। यसैगरी ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैँची पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको छ ।
कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
लागुऔषधसहित ३१ जना पक्राउ
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
लागूऔषधसहित १३ जना पक्राउ
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया