गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो
गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको छ । संघका अनुसार ठूलो अण्डा ५१५ प्रतिक्रेट ९३० वटा० र मध्यमको ४८५ फार्मदर कायम गरिएको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ कायम गरिएको छ । यसअघि ठूलो अण्डा ४८५ र मध्यम अण्डा ४३५ कायम गरिएको उनले बताए । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए । उनले भने, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ ।”
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए । अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए ।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया