दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ ।
स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका काराण पीडित भएको जनाइएको छ । तेज हावासहित भएको भारी वर्षा सुरु भए पछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र शरण लिएको जनाइएको छ । तीव्र हावाको काराण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटा हुनु पुगेको जनाइएको छ ।
उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भई सकेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया