इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन भएको छ । वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरेका थिए ।
उनले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँघुरो जलमार्गमा ‘दुईतर्फी रूपमै बिना अवरोध पारवहन’ पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू ‘नष्ट’ गर्न तेहरान सहमत हुनुपर्ने बताएका छन् ।
ह्वाइहाउसको ‘सिचुएसन रुम’मा उक्त बैठक भएको थियो । त्यस कक्षलाई मुख्य संकटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ ।
इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो। उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ ।
यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बताएका थिए । तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ छ ।
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
रुसले युक्रेनमा हान्यो हाइपरसोनिक मिसाइल
भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ
प्रतिक्रिया