रुसले युक्रेनमा हान्यो हाइपरसोनिक मिसाइल
रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ, सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभ मुख्य निसानामा परेको बताएका छन्। अन्य क्षेत्रमा पनि आक्रमण भएको छ। आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन्।
बीबीसीका अनुसार किएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको छ।
शनिबार र आइतबार राति यस क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। आवासीय भवन र विद्यालयमा क्षति भएको छ।
रुसको रक्षा मन्त्रालयले आक्रमणमा ओरेस्निक हाइपरसोनिक मिसाइल प्रयोग गरिएको बताएको छ। मन्त्रालयले युक्रेनले ‘नागरिक पूर्वाधारमा गरेको आक्रमण’को जवाफमा आक्रमण गरिएको बताएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनले स्टारोबिल्स्क सहरको एक होस्टेलमा घातक आक्रमण गरेको र २१ जना मारिएको बताएका थिए।
त्यसपछि उनले यसको बदला लिइने चेतावनी दिएका थिए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया