एकल भाषामा सय करोड कटाउने सिनेमा बन्यो ‘धुरन्धर–२, चार दिनमा ३८८ करोड
काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२ : द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ ।
‘धुरन्धर–२’ एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ ।
बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन गरेको बलिउड सिनेमाका समीक्षक तथा ट्रेड एनलाइसिस्ट सुमित कँडेलले बताएका छन् ।
आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायत कलाकारको अभिनय छ ।
यो सिनेमामा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथा छ ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया