श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
काठमाडौं । साहिबजादा फरहानको ऐतिहासिक शतक र श्रीलंकामाथिको रोमाञ्चक जितका बाबजुद पाकिस्तान टी-२० विश्वकपको ‘सुपर-८’ चरणबाटै बाहिरिएको छ ।
नेट रनरेटको गणितीय समीकरणमा पछि परेपछि पाकिस्तान बाहिरिएको हो भने समूह-२ बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल पुग्न पाकिस्तानले २ सय १३ रनको विशाल लक्ष्य दिएको श्रीलंकालाई १ सय ४७ रनभित्रै रोक्नुपर्ने बाध्यता थियो । तर, श्रीलंकाले १५.५ ओभरमै ५ विकेट गुमाएर उक्त आँकडा पार गरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा टुंगियो भने न्युजिल्यान्ड (+१.३९० नेट रनरेटसहित) भाग्यमानी सावित भयो। पाकिस्तानको नेट रनरेट (-०.१२३) रहन पुग्यो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले टी-२० विश्वकपकै आफ्नो उच्च योगफल बनाउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । ओपनरद्वय फरहान र फखर जमानले पहिलो विकेटका लागि १ सय ७६ रनको सानदार साझेदारी गरे । फरहानले ६० बलमा सय रन (९ चौका, ५ छक्का) बनाए भने फखरले ४२ बलमा ८४ रन जोडे ।
विशाल लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट लडाइँ गर्यो । विशेषगरी कप्तान दासुन शनाकाले ३१ बलमै अविजित ७६ रन जोड्दै श्रीलंकालाई जितको नजिक पुर्याएका थिए । अन्तिम ओभरमा जितका लागि २८ रन चाहिएको अवस्थामा शनाकाले १ चौका र ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । तर, शाहीन अफ्रिदीले सटिक योर्कर फ्याँक्दै श्रीलंकालाई २०७/६ को स्कोरमा रोकेर पाकिस्तानलाई ५ रनको सान्त्वना जित दिलाए। श्रीलंकाका लागि बलिङमा दिलशान मदुशंकाले ३ विकेट लिए ।
टिम विश्वकपबाट बाहिरिए पनि पाकिस्तानी ब्याटर साहिबजादा फरहानका लागि यो प्रतियोगिता कीर्तिमानी रह्यो । उनले यस विश्वकपका ६ इनिङ्समा ७६.६० को औसतमा कुल ३ सय ८३ रन बनाए ।
योसँगै फरहानले टी-२० विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने विराट कोहली (सन् २०१४ मा ३१९ रन) को कीर्तिमान तोडेका छन् । यसका साथै उनी एउटै विश्वकपमा दुईवटा शतक प्रहार गर्ने पहिलो ब्याटरसमेत बनेका छन् । यसअघि उनले नामिबियाविरुद्ध पनि अविजित शतक प्रहार गरेका थिए। प्रतियोगितामा सर्वाधिक छक्का (१८) प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा पनि फरहान नै रहे ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
प्रतिक्रिया