बालगायक अशोक दर्जीको मनबिनाको धन’ को ट्रेलर सार्वजनिक
बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।
साथै, ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ । चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । यो फिल्ममा उनकै कथा र संगीत निर्देशन समेत रहेको छ ।
फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । ‘मनबिनाको धन’ फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
ट्रेलर सार्वजनिकपछि टङ्क बुढाथोकीले आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा भएको भन्दै सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म रहेको बताए ।
उनले भने, ‘यो फिल्मलाई आर्थिक रुपले भन्दा पनि सामाजिक रुपमा हामीले यो फिल्मबाट दिन खोजेको सन्देश सबै बुझ्नु भयो भने सफल भएको मान्ने छौ । आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा छ, हामीले त्यो चाहेको पनि छैन् । तर सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म छ ।’
साथै, यो फिल्मको माध्यमबाट देशभरको विद्यालयमा एउटा कोष खडा गर्ने तयारी गरेको पनि उनको भनाई छ ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया