कलाकारहरूले धनभन्दा बढी इज्जत र कदर खोज्छ : एलिना चौहान
गायिका एलिना चौहानले कलाकारहरूले धनभन्दा बढी इज्जत र कदर खोज्ने गरेको बताएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् ।
लामै समय अमेरिका भ्रमण गरेर केही दिनअघि मात्रै स्वदेश फर्किएकी गायिका चौहानले आयोजकलाई लक्षित गर्दै यस्तो बताएकी हुन् । आयोजक कलाकारको मालिक नभई संरक्षक भएको समेत उनले बताइन् ।
उनले लेखेकी छन्,'जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो।कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। नराम्रा अनुभवले धेरै कुरा सिकायो –अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।'
यसअघि यही समूहकी कलाकार कला लम्सालले पनि आयोजकसँग निकै आक्रोश पोखेकी थिइन् । साथै उनी बिचमै फर्किएकी थिइन् ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया