‘सिनेपा: स्टुडियो’ बनाउन सरकारले दियो ३ करोड अनुदान
काठमाडौँ, २६ असोजः बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान प्रदान गर्ने भएको छ। शुक्रबार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता भएको हो।
‘सिनेपा’ स्टुडियो नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना हो। यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स ९ख्ँह्०, कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सन सुविधाहरू रहनेछन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, ‘काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको ‘सिनेपास्’ स्टुडियो नेपाली चलचित्र उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ। यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा लगानी हो।’
‘सिनेपा:’ को निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूलाई विदेशमा गएर महँगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा मन्त्रालयका कर्मचारी सहित चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गीरीश शर्माको उपस्थिति रहेको थियो ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया