मिस नेपाल वर्ल्ड–२०२५ लुना लुइटेल
काठमाडौँ, २२ असोजः लुना लुइटेल मिस नेपाल वल्र्ड–२०२५ भएकी छन् । दी हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल वर्ल्ड ३१ औँ संस्करणमा २६ वर्षकी लुना मिस नेपाल वर्ल्ड भइन् ।
लुनासँग २६ जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै मिस नेपाल कोस्मो दीपशिखा नेपाल भइन् भने मिस नेपाल इन्टरनेसनल उपाधि उरुषा भण्डारीलाई प्राप्त भयो । मिस नेपाल अर्थ सोनी घले बनिन् ।
मिस भएकी लुना अस्ट्रेलियाको सिड्नीमा रहेको एक कलेजमा ‘पब्लिक हेल्थ’ विषयको स्नातकोत्तर तहमा अध्यनरत छिन् । ‘लर्न, अर्न एन्ड रिटर्न’ आत्मविश्वासका साथ आफू लक्ष्य प्राप्तिमा लागेको भनाइ उनको छ ।
मिस नेपाल वर्ल्ड–२०२४ का विजेता आस्माकुमारी केसीले लुनालाई ताज पहिराइदिएकी थिइन् ।
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
प्रतिक्रिया