भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ, २५ कात्तिकः भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ। सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका छन्।
शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए।
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि..
छ वर्षीय विद्यार्थीको गोली लागेर घाइते भएका अमेरिकी शिक्षकलाई १ करोड डलर क्षत…
प्रतिक्रिया