सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारी शाखामा आगलागी भएको छ।

शुक्रबार साँझ भएको आगलागीमा अतिरिक्त महानिरीक्षक चढ्ने एउटा गाडीसहित ८/९ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। 

साँझ मोटरसाइकलबाट आगालागी सुरु भएको सशस्त्र प्रहरीले आशंका गरेपनि शंकास्पद देखिएको छ।

केही विद्युतीय गाडीमा क्षति पुगेको र आगो आधाघण्टाजतिमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले बताए।

उनले एआईजीको गाडी नजिकै रहेपनि क्षति नभएको दाबी गरेका छन्।