अन्त्य गरियो कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन
काठमाडौँ, १६ चैत : कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको पाँचौँ अधिवेशन अन्त्य गरेक हुन्।प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गत माघ ७ गते सुरु भएको थियो।
प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका ३१ वटा बैठक बसेका छन् भने जम्मा ३६ घण्टा एक मिनेट २५ सेकेन्ड समय व्यतीत भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेको प्रदेशसभाको हिउँदे अधिवेशनले महत्त्वपूर्ण विधेयक पारित गरेको छ।नेतृत्वविहीन अर्थ तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक लेखा समितिको नेतृत्व चयन पनि अधिवेशनले गरेको छ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएका छन्।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया