काठमाडौँका यी क्षेत्रमा जाँदैछ आज ५ घण्टा बिजुली
काठमाडौँ, १७ माघः काठमाडौँका केही ठाउँमा आज पाँच घण्टासम्म विद्युत् सेवा कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बलम्बु सव स्टेशनको सतुंगल फिडर अन्तर्गत पर्ने केही ठाउँमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् सेवा कटौती हुने जानकारी दिएको हो।
विद्युतीय वितरणलाइन भूमिगत कार्यका लागि विद्युत् सेवा कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।कन्चन गेट, बोसीगाँउ, बौथली र सतुङल चोक लगायतका सम्पूर्ण क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
‘विद्युत् कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेसमेत जानकारीको लागि अनुरोध छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
प्रतिक्रिया