पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
काठमाडौँ, ३१ असार : अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्ला अन्ततः भारतीय बजारमा प्रवेश गरेको छ ।
मुम्बईको विलासी क्षेत्र बांद्रा–कुर्ला कम्प्लेक्समा कम्पनीको शोरुम खुलेको छ । यो स्टोरले मानिसहरूका लागि अनुभव केन्द्रको रूपमा काम गर्नेछ । अर्थात् यहाँ सवारी साधनहरू मात्र बिक्री हुनेछैन, तर यहाँ आउने मानिसहरूले टेस्लाको प्रविधि र सुविधाहरूलाई नजिकबाट हेर्न पनि सक्नेछन् ।
भारतीय उपभोक्ताका लागि भनेर कम्प्याक्ट क्रसओभर इलेक्ट्रिक एसयूभी मोडल वाई लञ्च गरेको छ । यो कार एक पटक पूरा चार्ज गर्दा ५०० किमिसम्म गुड्न सक्ने दाबी कम्पनीले गरेको छ ।
यो इलेक्ट्रिक कार दुई भेरियन्ट लङ रेन्ज अल ह्वील ड्राइभ (एडब्ल्यूडी) र लङ रेन्ज रियर ह्वील ड्राइभ (आरडब्ल्यूडी) मा आएको छ । अमेरिकी बजारमा यसको सुरुवाती एक्स–शोरूम मूल्य ४६ हजार ६३० डलर छ । भारतमा भने यो मूल्य ५९ लाख ८९ हजार भारु राखिएको छ ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
प्रतिक्रिया