कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
काठमाडौँ, ७ माघः कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदै छ।
दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले संसद् अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले बोल्ने कार्यक्रम छ।
प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।कोसी प्रदेशसभाको पाँचौँ अधिवेशन गत असोज ४ गते अन्त्य भएको थियो।
नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने बताएका छन्।
१० वटाजति संशोधन र नयाँ विधेयक प्रदेशसभामा ल्याउने तयारी रहेकोले प्रदेश सभामा आउने विधेयकलाई सरोकारवालासम्म छलफल गरेर मात्रै पारित गर्नुपर्नेमा आफ्नो दलले भूमिका खेल्ने बताए।
कोसी प्रदेश सभाको बैठक १२० दिनपछि माघ ७ गतेदेखि बस्दै छ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया