चुरोट पिउन छोड्ने उपयुक्त फर्मुला - "गर्लफ्रेन्ड"

काठमाडौँ, ५ माघ :  हरेक चुरोट पिउनेलाई थाहा हुन्छ चुरोट स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसका बावजुद चुरोट पिउन नछोड्ने धेरै हुन्छन । स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुदा हुदै पनि किन धुम्रपान गर्छन त ? यस विषयमा धेरै अध्ययन र अनुसन्धान भएका छन् ।

मानिसले धुम्रपान किन गर्छन र कसरी चुरोटको लतबाट मानिसलाई छुटाउन सकिन्छ भन्ने बारेमा अनुसन्धान कर्ताले निकालेका केहि उपायका बारेमा चर्चा गरौ ।

लन्डनको एक युनिभर्सिटीमा मनोविज्ञान पढाउने प्रोफेसर रोबर्ट वेस्टले एक किताब लेखेका छन् द स्मोकिंग फ्री फर्मुला । आफ्नो पढाईको सुरुवाती दिनहरुमा प्रोफेशर वेस्टले चुरोट सेवनलाई अत्यन्त घृणा गर्ने गर्दथे । आफ्ना अन्य साथीहरुलाई यो स्वास्थ्यको लागि हानिकारक छ बह्न्दै सम्झाउने गर्दथे । तर विस्तारै उनि स्वयं चुरोट सेवनको शिकार भए । करिब तीन बर्ष प्रोफेसर वेस्टले चुरोट पिए । प्रोफेसर वेस्टको चुरोट इउने आदतबाट उनकी गर्लफ्रेन्डलाई आपत्ति थियो । यसकारण उनले चुरोट पिउन छोडी दिए ।

यसबाट प्रोफेसरले चुरोट छोड्ने उपयुक्त फर्मुला गर्लफ्रेन्ड भएको निषकर्ष निकाले । यदि आफ्नी प्रेमिकालाई धुम्रपान गरेको मन पर्दैन भने सबैभन्दा छिटो र सजिलो गरी चूरोट पिउन छोड्न सकिने प्रोफेसरको तर्क रहेको छ ।

चुरोटमा हुने निकोटिनले डोपामाइन नामक हर्मोन छोड्ने गर्दछ । जब चुरोट तानिन्छ अनि सो हर्मोन हाम्रो दिमागसम्म पुग्छ र एक किसिमको आनन्द महसुस गराउछ । निकोटिनले गर्दा हुने आनन्दको महसुस गर्दा गर्दै आफ्नो स्वास्थ्य आफैले बिगारेको महसुस हामीले गरेका हुदैनौ ।