एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ
प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ विभिन्न स्थानबाट पक्राउ गरेको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका – १२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको छ। साथै, स्याङ्जा, बिरुवा गाउँपालिका – ६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरुवा बन्दुक १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवा अर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा ...
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
एउटै समयमा सुत्ने र उठ्ने गर्नु मस्तिष्क र मुटुका लागि स्वस्थकर :अध्ययन
बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘…
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझ…
लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित
प्रतिक्रिया