अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौँ, ९ मङ्सिरः अमेरिकाको भर्जिनियामा चार नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुखमा ठोक्किई कार दुर्घटना हुँदा बर्दियाका विवेक सुवेदी र रुकुमका सुरेश केसीको ज्यान गएको अमेरिकाबाट सञ्चालित अनलाइन पोर्टल नेपाल मदर डटकमले जनाएको छ ।
सुवेदी साइबर सुरक्षा अनुसन्धाकर्मी हुन् । उनी अमेरिकास्थित सिस्को नेटवर्किङ एकेडेमीमा विगत दुई वर्षदेखि साइबर सुरक्षा विश्लेषकका रूपमा कार्यरत थिए ।
त्यस्तै रामलक्ष्मण ग्रुपमा साइबर सुरक्षा इन्जिनियर तथा सुरक्षा परामर्शदाताका रूपमा पनि उनले काम गरेका थिए । साइबर सुरक्षा कम्पनी क्रिप्टोजेन नेपालमा समेत उनले एसओसी एनालिस्टको रूपमा काम गरेका थिए ।
कोभेन्ट्री युनिभर्सिटीबाट सुवेदीले इथिकल ह्याकिङ र साइबर सुरक्षामा स्नातक तह उत्तीर्ण गरेका थिए ।
एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
‘हाम्रोपात्रो’मा नयाँ ‘यति च्याट’ फिचर : एआई असिस्टेन्टसहित च्याट, अडियो–भिडिओ…
पहिलो पटक छिर्यो टेस्ला भारतीय बजारमा
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको छ :हितेन्…
‘शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
टिकटोकले कलाकारहरूको लागि नयाँ प्लेटफर्म ‘टिकटोक फोर आर्टिस्ट्स’ सुरु गर्यो
प्रतिक्रिया