जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा
महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।
जलेश्वर भन्सार कार्यालयको रु एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताउनुभयो । प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः रु ६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।
विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया