रुखबाट लडेर स्याङ्जामा एक महिलाको मृत्यु
स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ७ साँखर की ३५ वर्षिय सृजना ढकालको रुखबाट खसेर मृत्यु भएको हो ।
आफ्नो बारीमा रहेको पिपलको घाँस काट्न रुखमा चढेकी ढकाल अचानक खसेर घाइते भएकी थिइन् । घाइते ढकालको पाल्पाको रामपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया