रडले हानेर हत्या गरेकाे आरोपमा एक पुरुष पक्राउ
काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका- २ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो। साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो।
उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ।
पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया