जङ्गली हात्ती मृत फेला
काठमाडौं । मोरङको सुन्दरहरैचामा जङ्गली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैचा नगरपालिका–६ दुर्गा मन्दिर नजिकै भक्तराज लिम्बुको केराको बगैँचामा फेला परेको छावा (बच्चा) बुधवार बिहान करिब ६ बजे मृत फेला परेको थियो ।
घटनाबारे स्थानीय र जनप्रतिनिधिले वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा लट्टीझोडा उपडिभिजन वन कार्यालय, साल्कपुर उपडिभिजन वन कार्यालय र गछिया प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले घटनास्थलको सुरक्षा गरिरहेको लट्टीझोडा उपडिभिजन वन कार्यालयका प्रमुख तथा अधिकृत अमृत विलास पन्तले जानकारी दिए ।
करिब ६–७ वर्षको हात्तीको छावा (बच्चा) केराको बगैँचामा मृत अवस्थामा फेला परेको पन्तले बताए ।पोस्टमार्टम र थप अनुसन्धानपछि मृत्युको वास्तविक कारण खुल्नेछ ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया