आज कतिमा हुँदैछ सुनको कारोबार?
तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ।
आइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुनको मूल्य आज (बुधबार) प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य एक लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य एक लाख ४० हजार नौ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ बढेको छ। आज चाँदी एक हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको सुन २६ गते घटेर १ लाख ४१ हजार रुपैयाँमा झरेको थियो। सोमबार र मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
हिजो चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया