बजेट खर्च गर्ने संयन्त्रमा ख्याल गर्नुपर्छ: महाप्रसाद अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट खर्च गर्ने संयन्त्रमा ख्याल गर्नुपर्ने बताएका छन् ।
इकानोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेटः अ होलिस्टिक डिस्कोर्स’मा बोल्दै गभर्नर अधिकारीले बजेट ल्याउने सन्दर्भमा सरकारले इमान्दारीताको प्रयास गरेको भन्दै खर्च गर्ने संयन्त्रमा अलि ख्याल गर्नुपर्ने बताएका हुन् । बेलैमा खर्चको सुरुवात भयो भने जुन टार्गेट ६ प्रतिशतको ग्रोथ बजेटले लिएको छ, त्यो पुरा हुने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘सबैभन्दा बढी महत्वपूर्ण पक्ष नीजि क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ ? भन्ने कुरालाई बजेटमा बारम्बार प्रस्ताव गरिएको छ । नीजि क्षेत्रको अरु धेरै मागहरु महत्वपूर्ण छन्, रिसिभेबल सम्बन्धमा र त्यसलाई ऐन नियम बनाएर एड्रेश गर्ने भन्ने छ ।
त्यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित प्रविधि केन्द्र बनाउने, पार्क बनाउने, हब बनाउने भन्ने बिषय पनि बजेटमा महत्वका साथ समावेश गरिएका छन् । तर, जुन टार्गेट ६ प्रतिशतको ग्रोथ बजेटले लिएको छ, त्यो पुरा गर्न खर्च गर्ने संयन्त्रमा अलि ख्याल गर्नुपर्नेछ । बेलैमा खर्चको सुरुवात भयो भने त्यो पुरा हुन्छ ।’
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया