चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय
एजेन्सी । मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैंकमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ।
सरकारी प्रसारक सिसिटिभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसकेका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ।
रिपोर्टमा उनलाई अधिकारीहरूले अनुसन्धानको दायरामा राखेपछि उनको अपराध सन् २००६ देखि सन् २०२१ सम्म भएको बताइएको छ।सिसिटिभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन ९करिब सात लाख २० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको बताएको छ
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया