संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ ।
युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन.ं एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।
विशेष गरी, संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ अर्ब डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ अर्ब डलर जुटाउने पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा कीभले उच्च आशा राखेको बताउनुभएको छ ।
उहाँले आन्तरिक रूपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताउनुभएको छ ।
सन् २०२२ को फेब्रुवरीदेखि करिब ६३ लाख मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४९ लाख मानिस विस्थापित भएका छन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
प्रतिक्रिया