संसदीय समितिका कर्मचारीहरुको दक्षता, कार्यसम्पादन र सीपलाई ऊर्जाशील बनाउन जरुरी छ:बागमती प्रदेश सभामुख भुवनकुमार पाठक
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठकलाई गुणात्मक एवम् समयसापेक्ष विधेयकहरु पारित गर्ने क्रममा संसदीय समितिका कर्मचारीहरुको दक्षता, कार्यसम्पादन र सीपलाई ऊर्जाशील बनाउन जरुरी भएको बताउनुभएको छ ।
सभामुख पाठकले बागमती प्रदेशसभा सचिवालयद्वारा आज थाहा नगरपालिकाको चित्लाङमा आयोजित संसदीय समितिको विधेयक प्रतिवेदन तयार पार्ने क्रममा अभिमुखीकरणसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले संसद्को विभिन्न संसदीय समितिमा आउने विधेयकलाई प्रतिवेदन लेखनकलालाई अझ परिपक्व र जवाफदेही र कार्यक्षमतालाई अब परिवर्तन गर्नुपर्ने सोच राख्नुपर्नेतर्फ जोड दिनुभयो ।
उक्त अवसरमा प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले सचिवालयका कर्मचारीलाई संसदीय प्रतिवेदन लेखनलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक भएको बताउनुभयो ।
पूर्वकानुन सचिव ध्रुव घिमिरे र सङ्घीय संसद् सचिवालयका सहसचिव बबिता मिश्रले विधेयकको कानुनी भाषाका विविध पक्षबारे जानकारी दिनुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रदेशसभा सचिवालयका उच्च अधिकृतलगायत ३० जनाको सहभागिता छ ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया