नवनिर्वाचित एनआरएनए अध्यक्ष आरके शर्मा नेतृत्वको कार्यसमितिले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई,सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्रीको आश्वासन
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,”प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”
नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले लगानी गर्न सुझाव गर्नुभयो । उहाँले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्व अध्यक्ष कुल आचार्य,सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ,गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी,उपमहासचिव प्रविन गुरुङ,सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली,कोषाध्यक्ष ठाकुर ढुंगाना,एनआरएन अभियन्ता डिबी क्षेत्री,नारायण आचार्य,युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी हुनुहुन्थ्यो ।
सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अ…
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
प्रतिक्रिया