सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू गरेको छ।
सहकारीसम्बन्धी अध्यादेशमार्फत अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम मूल ऋण (साँवा) भन्दा बढी हुन नपाउने स्पष्ट कानुनी व्यवस्था गरिएको छ।
लामो समयदेखि सहकारीहरूले चर्को ब्याज, हर्जना र थप शुल्क जोडेर सर्वसाधारणलाई आर्थिक संकटमा पारेको गुनासो बढ्दै आएको थियो। यही समस्यालाई रोक्न सरकारले कडा हस्तक्षेप गरेको हो।
नयाँ नियमअनुसार, उदाहरणका लागि एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जति लामो समय लागे पनि ब्याज र जरिवाना मिलाएर पनि एक लाखभन्दा बढी तिर्नुपर्ने छैन।
सरकारको यो कदमलाई सहकारी पीडितका लागि ‘ऐतिहासिक राहत’ का रूपमा हेरिएको छ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
सभापति लामिछानेले ज्ञानेन्द्र शाहीलाई के भने ?
तराईमा उत्पन्न विवादबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
प्रतिक्रिया